वीरगन्जका विभिन्न बस्तीहरू डुबानमा

  • कालिका खवर
  • आइतवार, अशोज १९, २०८२
  • वीरगन्ज । निरन्तर वर्षाका कारण सिर्सिया र तिलावे नदीमा पानीको बहाव तीव्र बनेपछि वीरगन्ज महानगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । महानगरका वडा नम्बर ९, १०, ११, १३ र २४ का टोलहरूमा बाढीको पानी पसेर जनजीवन अस्तव्यस्त बनेको छ ।

    स्थानीयवासीको अनुसार पहिलो पटक नदीको पानी गाउँभित्रै पसेर घरहरू जलमग्न बनेका छन् । सिर्सिया नदी ओभरफ्लो भएर बस्तीहरूमा फैलिएको हो भने तिलावे नदीको उर्लँदो भेलले खेतबारी र आसपासका क्षेत्रमा थप डुबान र क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ । बाढीको चपेटामा परेका बस्तीहरूको अवस्था बुझ्न वीरगन्ज महानगरका मेयर राजेशमान सिंह  प्रभावित क्षेत्र पुगेका छन् ।

    उनले स्थलगत अनुगमन गर्दै सम्बन्धित निकायलाई राहत र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । मेयर सिंहले सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । उनका अनुसार अन्य बस्तीहरूमा पनि पानी पस्ने क्रम जारी रहेकाले महानगरले राहत तथा उद्धार कार्यलाई थप तीव्रता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar