वाणिज्य विभागद्वारा अर्घाखाँची सिमेन्ट र तिरूपति फुडलाई जरिवाना, अन्य उद्योगलाई निर्देशन

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएको अर्घाखाँची सिमेन्ट कम्पनीलाई रु २ लाख ५ हजार बराबरको जरिवाना गरिएको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ बमोजिमको कसुरमा दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुगमन गर्दै अनुचित व्यापारिक गतिविधि देखिएका कम्पनीहरूलाई जरिवाना वा निर्देशन दिएको छ।

    जारी प्रेस विज्ञप्तिअनुसार, निरीक्षणका क्रममा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री कार्यमा अनियमितता देखिएमा त्यसलाई अनुचित व्यापारिक क्रियाकलाप मानिने व्यवस्था ऐनमा गरिएको छ। दफा ३९ अनुसार निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

    त्यस्तै, तिरूपति फुड प्रोसेसिङ इण्डस्ट्रिज, सिदार्थनगर, रूपन्देहीलाई पनि रु २ लाख ५ हजार जरिवाना गरिएको छ। पञ्चकन्या स्टीललाई भने सामान्य निर्देशन प्रदान गरिएको छ।

    विभागले आइतबार निम्न कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो:

    • आकवा मिनरल्स

    • त्रिकोण वेभरेज

    • कुण्डपानी प्रशोधन उद्योग

    • अन्नपूर्ण इन्डस्ट्रिज

    • एनबि वेभरेज

    • शुभकामना मिनिरल वाटर एण्ड वेभरेज

    • चण्डेस्वरी मिनरल वाटर एण्ड वेभरेज

    • झरना प्योर ड्रिङकिङ वाटर प्रालि

    • कीर्तिपुर सहकारी खानेपानी उद्योग

    अनुगमनको क्रममा पाइएको खामियाँ सुधार गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन पनि दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar