ऊर्जा दक्षता ऋण संयन्त्र विकासमा नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौं । नेपाल बैंकर्स संघले जर्मन विकास सहयोग (जीआईजेड) सँगको सहकार्यमा रिप–ग्रिन (REEEP–GREEN) परियोजना अन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममार्फत बैंकिङ क्षेत्रका अधिकारीहरूलाई ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकको भूमिकाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको संघले जनाएको छ।

    कार्यशालामा ऊर्जा दक्षता परियोजनामा लगानी गर्दा बैंक तथा उद्योग–व्यवसाय दुवैलाई प्राप्त हुने अवसरबारे केन्द्रित छलफल भएको थियो। ऊर्जा दक्षता प्रवर्द्धनमार्फत उद्योगहरूले ऊर्जा खपत एवं सञ्चालन लागतमा कमी ल्याउन सक्ने भएकाले यसले नेपालको दिगो आर्थिक विकास तथा प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विषयलाई विशेष रूपमा जोड दिइएको थियो।

    काठमाडौँ, बुटवल, भैरहवा, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्जलगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा सम्पन्न यस कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकसहित २०० भन्दा बढी बैंक अधिकारीहरूको सहभागिता रहेको संघले जानकारी दिएको छ।

    नेपाल बैंकर्स संघले दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा मुख्यधारमा ल्याउन तथा यसलाई अझ सुदृढ बनाउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar