उत्तर दिने बेला प्रधानमन्त्री नआए हाम्रो पार्टी सदनबाट बाहिरिनेछ : हर्क साम्पाङ

  • कालिका खवर
  • बिहिबार, बैशाख ३१, २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद हर्क साम्पाङले नीति तथा कार्यक्रमका बारेमा जवाफ दिने दिन प्रधानमन्त्री संसदमा नआए आफ्नो पार्टी बाहिरिने बताएका छन् ।

    आजको संसद बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै जवाफ दिने दिनमा भने अनिवार्य आउनु पर्ने बताएका हुन् ।

    उनले भने, ‘उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar