तिहार–छठपछि आन्दोलनमा उत्रिने ओलीको संकेत, नेता–कार्यकर्तालाई तयार रहन निर्देशन

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन्।

    उनले तिहार र छठपछि समेत आन्दोलनमा उत्रिन सक्ने गरी मानसिक तथा सांगठनिक तयारीमा रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार फाँसीवादतर्फ अघि बढेको आरोप लगाए।

    नागरिकले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले आन्दोलनका लागि भित्रभित्रै तयारी अवस्थामा रहनुपर्ने बताए।

    ‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ। हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन। अहिले होस् कि भोलि होस् कि तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ,’ ओलीले भने।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar