ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • दशरथचन्द (बैतडी), १६ कात्तिक। बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उहाँका नाति २० वर्षीय महेश साउद घाइते हुनुभएको छ । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar