ट्रम्पको चीन भ्रमण १४ र १५ मेमा हुने, अमेरिका–चीन सम्बन्धमा सुधारको संकेत

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न १४ र १५ मेमा चीन भ्रमण गर्ने बताएका छन् । चीन आउने यो भ्रमण अमेरिकाका राष्ट्रपतिबाट करिब १० वर्षपछि हुने पहिलो भ्रमण हुनेछ ।

    यसअघि ३१ मार्चमा तय भएको भ्रमण इरान युद्धका कारण स्थगित गरिएको थियो । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि उत्पन्न तनावले भ्रमण सारिएको थियो ।

    बीबीसीले जनाएअनुसार चिनियाँपक्षले भ्रमण स्थगनको अनुरोध स्वीकार गरेको थियो । ट्रम्पले यस वर्षपछि वाशिङटन डीसीमा सीलाई आतिथ्य दिने योजना पनि रहेको बताएका छन् ।

    अमेरिका–चीन सम्बन्ध व्यापार, प्रविधि र भू–राजनीतिक तनावका कारण लामो समयदेखि चुनौतीपूर्ण रहँदै आएको छ । यस सन्दर्भमा ट्रम्पको आगामी भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार हुने संकेतका रूपमा हेरिएको छ ।

    चीनका सरकारी सञ्चारमाध्यमहरूले पनि दुवै देशबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूले द्वन्द्वभन्दा सहकार्यबाट दुवै पक्ष लाभान्वित हुने उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar