सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौँ, १६ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar