सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • मुस्ताङ, २९ भदौ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

    काभे्रभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताउनुभयो । अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar