सुदूरपश्चिमलाई लुम्बिनीले दियो १४४ रनको लक्ष्य

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौं, ११ मंसिर । नेपाल प्रमियर लिग अन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो।

    लुम्बिनीका लागि सर्वाधिक कप्तान रोहित पौडेलले ३५ रन बनाएका छन् । उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए। सुदूरपश्चिमले अब जवाफी ब्याटिङ गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar