सशस्त्र प्रहरीले ठूलो मात्रामा पटका नियन्त्रण गरी नष्ट गर्यो, समाजमा सुरक्षा सन्देश प्रबल

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • बीरगंज, पर्सा।  सशस्त्र प्रहरी बल, नेपालले आगामी चाडपर्वका अवसरमा हुन सक्ने अवैध पटका कारोबार तथा प्रयोग नियन्त्रण गर्न उल्लेखनीय सफलता हात पारेको छ। मिति २०८२ असोज २३ गते सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ स्थित भन्सार मेनगेट चेकप्वाइन्टमा चेकजाँचका क्रममा ठूलो मात्रामा पटका नियन्त्रणमा लिएको हो। बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कारलाई चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार भएको थियो। पछि सशस्त्र प्रहरी टोलीले उक्त कारको डिकी भित्र लुकाइएका ९ वटा कार्टुनमा करिब रु. ५०,००० बराबरका पटका फेला पारेको थियो। यसपछि कानुनी प्रक्रिया पूरा गर्दै उक्त विस्फोटक पदार्थ पानिमा हालेर नष्ट गरिएको र प्रयोगमा आएको कारको रु. १८ लाख मूल्याङ्कन गरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्। सशस्त्र प्रहरी बलको यो कदम समाजमा शान्ति र सुरक्षा कायम राख्ने दृष्टिले अत्यन्तै सराहनीय मानिएको छ। अवैध पटका, विस्फोटक पदार्थ तथा यस्ता जोखिमपूर्ण वस्तुहरू नष्ट गर्नुले दुर्घटना, आगलागी, र जनधनको क्षति जस्ता घटनाहरू रोक्न महत्वपूर्ण भूमिका खेल्दछ। विस्फोटक पदार्थ वा पटका जस्ता वस्तुहरू नाबालक वा सर्वसाधारणले चलाउँदा गम्भीर चोटपटक, आँखा र कानको क्षति, आगलागी तथा अन्य घातक दुर्घटनाको जोखिम हुन्छ। त्यसैले सशस्त्र प्रहरीको समयमै गरिएको हस्तक्षेपले सम्भावित दुर्घटनाबाट समाजलाई जोगाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar