सीमावासीसँग बडा दशैं कार्यक्रम : सशस्त्र प्रहरी उपरीक्षक भट्टको सक्रियतामा विपन्न परिवारलाई राहत

  • कालिका खवर
  • शुक्रबार, अशोज १७, २०८२
  • पर्सा । बडा दशैं २०८२ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साले “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत जिल्लाको बीरगंज महानगरपालिका–१६, पशुपतिनगर स्थित दलित बस्तिमा विशेष सामाजिक तथा मानविय कार्यक्रम सम्पन्न गरेको छ।

    सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यमा रहेको थियो भने कार्यक्रम गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टको सक्रिय पहल र नेतृत्वमा बिपन्न समुदायका विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दालाई शैक्षिक सामाग्री र दैनिक प्रयोगका सामग्रीहरू वितरण गरिएको हो।

    कार्यक्रम अन्तर्गत दलित समुदायका ५० जना विद्यार्थीलाई प्रति व्यक्ति ६ वटा कापी र १० वटा पेन्सिलका दरले ३०० कापी र ५०० पेन्सिल वितरण गरिएको थियो। त्यस्तै, ३३ घरधुरीका प्रत्येक अभिभावकलाई बाल्टिन, जग, पिउस, जीवनजल र साबुन प्रदान गरिएको छ। स्वास्थ्य र सरसफाइप्रति सचेतना जगाउने उद्देश्यले हात धुने तरिका सिकाइएको थियो।

    त्यसैगरी अन्दाजी २५० जना स्थानीय बासिन्दालाई सामूहिक खाजा खुवाइएको र बृद्धद्वारा टिकाजमरा ग्रहण गर्ने बालबालिकालाई टिका लगाउने कार्यक्रम समेत गरिएको थियो।

    सामाजिक उत्तर दायित्वमा विशेष ध्यान दिने गणपति भट्टको नेतृत्वले सीमावर्ती क्षेत्रका दलित तथा विपन्न समुदायलाई राज्यको सुरक्षासँगै सेवा र सहयोगमा जोडिएको सन्देश दिएको छ। भट्टले सुरक्षासँगै समाजसेवा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण दायित्व भएको बताए।

    कार्यक्रममा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति स.प्र.ना.उ. पुरुषोत्तम भण्डारी, विभिन्न बीओपी प्रमुखहरू, बीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष पर्शुराम चौरसिया, प्रहरी चौकी ईनर्वाका प्र.स.नि. राजकुमार राय यादव, सञ्चारकर्मी, स्थानीय भद्रभलाद्मी तथा करिब ३०० जनाको उपस्थिति रहेको थियो।

    सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले नेतृत्व गरेको यो कार्यक्रमले बडा दशैंलाई मात्र पर्वको रुपमा नभई सामाजिक एकता, सहानुभूति र सहयोगको सन्देश फैलाउने अवसरका रूपमा परिणत गरेको स्थानीयवासीले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar