सशस्त्र प्रहरीको छापा, घरभित्र लुकाइएका १२४ बोरा डिएपी मल बरामद

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • कपिलवस्तु, १४ कात्तिक । सशस्त्र प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ अनहराटस्थित एक घरमा छापा मार्दै अवैधरूपमा लुकाइराखिएको १ सय २४ बोरा डिएपी रासायनिक मल बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार बिहीबार दिउँसो सुराकीका आधारमा सशस्त्र प्रहरी बल नं. २८ गणबाट खटिएको टोलीले फुलचन्द्र यादवको घरमा छापा मारेको हो । सहायक प्रहरी निरीक्षक धनञ्जय केसीको कमाण्डमा १९ जना सशस्त्र प्रहरी खटिएका थिए ।

    बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  स्थानीय किसानहरूले मल कसरी यादवको घरमा पुग्यो भन्ने विषयमा गहिरो अनुसन्धान गर्न माग गरेका छन् । मल कृषि सामग्री कम्पनीबाट सहकारीमार्फत किसानका नाममा आएको भए पनि सहकारीहरूले कोटाभन्दा बढी रकम असुली गरी बेचबिखन गरेको किसानहरूको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar