सर्लाहीमा एनएमबि बैंकद्वारा विद्यालयलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालमा विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

    शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्‍याउने उद्देश्यसहित आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथि रहेका कार्यक्रममा उनले एनएमबि बैंकको यो पहल प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । त्यस्तै, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक गतिविधि निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले बैंकले गरेको सहयोगले शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । सहभागीहरूले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियता प्रशंसा गरेका थिए ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar