सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • सर्लाही । सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक बागमती नगरपालिका–१२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जिल्लाको बागमती नगरपालिका–४ जिरायत चोकमा बिहीबार दिउँसो करिब १ः३० बजे भरततालबाट जिरायततर्फ गइरहेको ना.३च. ९५०० नमबरको बोलेरो पिकअपले उही दिशामा गइरहेको प्र.२–०२–००४ प ३५०८ नम्बरको मोटरसाइकललाई मोड्ने क्रममा ठक्कर दिएको हो ।

    टाउको, छाती र दायाँ खुट्टामा चोट लागेका मगरलाई उपचारका लागि बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि बारास्थित एल एस न्युरो अस्पतालमा रेफर गरिएकोमा चिकित्सकले दिउँसो ३ः०२ बजे उनलाई मृत घोषित गरेका हुन् ।

    प्रहरीले ठक्कर दिने पिकअप गाडी र त्यसका चालक बागमती–४ का ३१ वर्षीय राजु गोलेलाई नियन्त्रणमा लिएको छ । शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar