सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्ने तयारी

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । सप्तकोशी ब्रान्डमार्फत सिमेन्ट उत्पादन गर्दै आएको सप्तकोशी सिमेन्ट उद्योगले सर्वसाधारणका लागि आफ्नो २० प्रतिशत सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

    कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मोरङको कटहरी गाउँपालिकामा अवस्थित उद्योगले हाल दैनिक करिब ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    त्यस्तै, सभाले चालु आर्थिक वर्षको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने निर्णय पनि गरेको छ ।

    साथै, कम्पनीको सञ्चालक समितिमा पुनर्गठन गर्दै मोना जालानलाई अध्यक्ष र दिवाकर थापाालाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको छ ।

    सप्तकोशी सिमेन्टले आगामी दिनमा उत्पादन क्षमता विस्तार र बजार विस्तारका लागि थप लगानी गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar