सोनापुर मिनिरल्सको व्यापार र नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा ४ करोड ३६ लाख रुपैयाँ नाफा

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ।

    गत वर्षको पहिलो त्रैमासमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो, तर चालु वर्षको सोही अवधिमा ४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    कम्पनीको बिक्री आम्दानी (व्यापार) पनि उल्लेखनीय वृद्धि भएको छ। चालु त्रैमासमा व्यापार ९५.३० प्रतिशत बढेर ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्षको सोही अवधिमा मात्र ३४ करोड ३० लाख रुपैयाँको व्यापार भएको थियो।

    खुल नाफा ७८८.९१ प्रतिशतले बढेर २३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ। संचालन नाफा पनि १३ करोड ४८ लाख रुपैयाँ धनात्मक रहेको छ।

    कम्पनीका वित्तीय सूचकहरू यसप्रकार छन्—

    • चुक्ता पुँजी : ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ

    • जगेडा कोष : २ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ

    • प्रतिशेयर आम्दानी (EPS) : ५.६८ रुपैयाँ

    • प्रतिशेयर नेटवर्थ : १९१.९१ रुपैयाँ

    यस नतिजाले कम्पनीले व्यापार विस्तार र लागत व्यवस्थापनमा प्रभावकारी कदम चाल्दै नाफा वृद्धिमा सफलता प्राप्त गरेको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar