संविधानको रक्षाका लागि निर्वाचन महत्त्वपूर्ण छ : पार्वत गुरुङ

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का नेता पार्वत गुरुङले संविधानको रक्षा गर्दै देशलाई संकटबाट जोगाउनका लागि आगामी निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् ।

    युवा संघ नेपाल, अन्तरजिल्ला दोलखाद्वारा आज काठमाडौंमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् । संविधानको रक्षा गर्दै देशलाई संकटबाट जोगाउन फागुन २१ को निर्वाचन महत्त्वपूर्ण रहेको उनले बताए ।

    जनतालाई भ्रममा पारेर देश बन्न नसक्ने उनको भनाइ छ । देश बनाउनका लागि एमालेको साथ आवश्यक रहेको उनको दाबी छ । दोलखालाई समृद्ध बनाउन, पर्यटन क्षेत्रको विकास गर्न र यसअघि गरेका कामलाई दिनमा निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar