संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • भोजपुर । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट कार्यक्रममा रहेका नेता राईले आज एक भिडियो सामाग्री राख्दै यस्तो बताएका हुन् । राईले भोजपुरे जनताको आवश्यकता, माग र चाहनाहरुलाई प्रतिनिधित्व गर्नका लागि पुनः एकपटक उम्मेदवार बनेको बताए । विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको उनको भनाई छ ।

    धेरै योजनाहरु सम्पन्न भएका छन, बनिरहेका छन्, कतिपय विकास निर्माणका कामहरु अधुरा, अपुरा रहेको भन्दै राईले ती योजना सम्पन्न गराउन आफ्नो उम्मेदवारी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar