संविधान मिचेर हुने कुनै पनि निर्णय स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल

  • कालिका खवर
  • सोमवार, माघ १९, २०८२
  • कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान मिचेर हुने कुनै पनि निर्णय प्रदेशलाई स्वीकार्य नहुने बताएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको पहिलो बैठकमा मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारसँग टकराव नभई सम्मानजनक सहकार्य चाहेको बताए । उनले सदनलाई सम्बोधन गर्दै भने, “प्रदेश सरकार न कुनै वैकिल्पक व्यवस्था हो, न सङ्घीय सरकारको एकाइ हो, यो त जनआन्दोलनको उपलब्धि र संविधानको मेरुदण्ड हो ।”

    सङ्घीय सरकारबाट बजेट प्राप्त हुने नाममा भएको पत्राचारमाथि हामी प्रदेश सरकारहरुको सामूहिक प्रतिवादले निर्णय सच्याउन तयार भएको जनाउँदै त्यसबाट केही सुधार भएको मुख्यमन्त्री कँडेलले बताए । जेनजी आन्दोलनपश्चात् बनेको नागरिक सरकारको मुख्य काम आसन्न फागुन २१ गते चुनाव सम्पन्न गर्ने भनिए पनि चुनाव हुनेमा संशय रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar