संघीयता खारेज गरी एकात्मक व्यवस्था लागू गर्न जनमोर्चाको प्रस्ताव

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा ले संविधान संशोधनका सम्बन्धमा आफ्नो लिखित धारणा सार्वजनिक गर्दै संघीयता खारेज गरी विकेन्द्रीकरणसहितको एकात्मक शासन व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

    पार्टीका अध्यक्ष चित्रबहादुर केसी को हस्ताक्षरसहित प्रस्तुत उक्त प्रस्तावमा राज्यको पुनर्संरचना, शासन प्रणाली र राष्ट्रिय पहिचानका विषयमा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।
    जनमोर्चाले हालको संघीय प्रणालीले जातीय तथा क्षेत्रीय सद्भाव बिगार्ने खतरा बढाएको दाबी गर्दै यसले देशको आर्थिक भारसमेत बढाएको जनाएको छ। पार्टीका अनुसार संघीय संरचना दीगो र प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको छ।

    प्रस्तावमा प्रदेश तह खारेज गरी केन्द्र र स्थानीय तह मात्र रहने दुई तहको शासन प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ। यसले प्रशासनिक खर्च घटाउने र शासनलाई थप प्रभावकारी बनाउने दाबी गरिएको छ।

    जनमोर्चाको यस प्रस्तावले संविधान संशोधनको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar