सम्भवतः फागुन २१ मै चुनाव हुन्छ : ओली

  • कालिका खवर
  • बिहिबार, माघ २२, २०८२
  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

    देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको उनले बताए ।  वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी भएको उनको भनाइ छ । अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरूले गति लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar