सलिको गल्फ टुर्नामेन्ट २०२५ मंसिर १२–१३ मा आयोजना, Hole-in-One विजेतालाई TATA Nexon K3 EV पुरस्कार

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) कम्पनीले बिगतका वर्षझैं यस वर्ष पनि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा “सलिको गल्फ टुर्नामेन्ट २०२५” आयोजना गर्न लागेको छ।

    प्रतियोगितामा १७ विधाका खेलहरू आयोजना हुनेछन्, जसमा विभिन्न उमेरसमूहका महिला र पुरुष खेलाडीहरू सहभागि हुनेछन्। प्रतियोगिताको मुख्य उद्देश्य गल्फ खेलप्रति रुचि राख्ने खेलाडीहरूको प्रतिभा प्रदर्शित गराउनु र नयाँ खेलप्रेमीहरूलाई खेलको अनुभव गराउनु रहेको छ।

    नेपालमा गल्फ खेल अपेक्षित स्तरमा विकास हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। Hole-in-One विधामा विजेताले Sipradi Trading Pvt. Ltd. द्वारा प्रदान गरिएको TATA Nexon K3 EV पुरस्कार प्राप्त गर्नेछन्। साथै, अन्य विधामा सिम्रिक एअरबाट २ जनालाई Sky Diving, कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्ड हेलिकप्टर यात्रा र विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।

    प्रतियोगिताको अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वमाथि पनि प्रकाश पारेको छ। कम्पनीका अनुसार, जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिस्थितिमा, खेलकुद गतिविधिहरू मार्फत पनि बीमा सचेतना फैलाउन सकिने देखिन्छ।

    सलिकोले “बीमा: सुरक्षित भविष्यको आधार” भन्ने नारासहित वर्षौंदेखि खेल क्षेत्र, समुदाय र आर्थिक–सामाजिक सुरक्षामा योगदान गर्दै आएको छ। गल्फ टुर्नामेन्टमार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी र खेलमैत्री वातावरण निर्माणमा निरन्तर भूमिका खेलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar