सिटिजन्स बैंकको नाफा ऋणात्मक, २११ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक बनेको छ।

    गत आवको सोही अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस आधारमा बैंकको नाफा २११.२० प्रतिशतले घटेर ऋणात्मक बनेको हो।

    बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको सञ्चालन नाफा पनि ऋणात्मक ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा सञ्चालन नाफा २८ करोड २९ लाख ७१ हजार रुपैयाँ थियो।

    असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

    यस अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ रहेको छ भने खराब कर्जा (NPL) ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ।

    बैंकको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक ५.९७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ३० पैसा रहेको छ।

    असोज मसान्तसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष ऋणात्मक ४१ करोड ४७ लाख रुपैयाँ छ भने रिजर्भ कोष ८ अर्ब २८ करोड रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar