सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

    केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

    रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar