तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ ।

    विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान वृद्धिको अनुमान गरिएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

    विभागका अनुसार, काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ । उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

    यता धनगढीमा ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । वीरगञ्ज, भैरहवा र घोराहीमा गर्मी र चर्को घाम रहने छ ।

    विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक काम बाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar