सिद्धार्थ बैंक तीन विधामा भिसा लिडरसिप अवार्ड विजेता

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेशनलसँगको साझेदारीमा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ मा एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पोस अक्वायरिङ विधामा अवार्ड प्राप्त गरेको हो।

    यी अवार्ड बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता र ग्राहककेन्द्रित सेवाको उच्च मूल्यांकनका आधारमा प्रदान गरिएको बताइएको छ।

    आधुनिक, सुरक्षित र छरितो डिजिटल बैंकिङ सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पोस सेवा निरन्तर बलियो बनाउँदै आएको छ। यी उपलब्धिले बैंकको सेवा स्तर, प्रविधिमैत्री रणनीति र बजारमा विश्वास बढ़िरहेको तथ्य पुष्टि गरेको बैंकले जनाएको छ।

    असार मसान्तसम्म नेपालका बैंकहरूले जारी गरेका ३ लाख १८ हजार क्रेडिट कार्डमध्ये करिब ६० हजार क्रेडिट कार्ड सिद्धार्थ बैंकका रहेको छ। अन्तर्राष्ट्रियस्तरको यो सम्मानले बैंकको नवप्रवर्तन र सेवा उत्कृष्टतामा थप विश्वसनीयता जोडेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar