शुक्रबार सुन–चाँदीको मूल्यमा सामान्य बढोत्तरी, सुन २ लाख ३८ हजार रुपैयाँमा

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar