शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत चौथो भिडियो सार्वजनिक, ‘जिम्मेवारीको मामलामा पनि नो कम्प्रमाइज’ सन्देश

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान कायम गर्न सफल शिवम् सिमेन्टले आफ्नो लोकप्रिय ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत चौथो सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

    नवीनतम भिडियोमा एक जिम्मेवार डाक्टरको कथा प्रस्तुत गरिएको छ, जसले पारिवारिक भ्रमणमा निस्कन लाग्दा आकस्मिक रूपमा आएका बिरामीलाई उपचार गरी आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको देखाइएको छ। यस भिडियोमार्फत “जिम्मेवारीको मामलामा पनि नो कम्प्रमाइज” भन्ने सशक्त सन्देश दर्शकसमक्ष पुर्‍याइएको छ।

    यसअघि, उक्त क्याम्पेनको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनकथा प्रस्तुत गरिएको थियो, जसले “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सामाजिक सन्देश फैलाएको थियो। यसले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना जगाउने उद्देश्य बोकेको थियो।

    त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतालाई केन्द्रमा राखी, विश्वास र सतर्कताका सन्दर्भमा “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश प्रस्तुत गरिएको थियो। यसले सामान्य जीवनमा विवेक र सतर्कताको महत्त्वलाई जोड दिएको थियो।

    तेस्रो भिडियोमा भने समयको मूल्य र शिस्तलाई मुख्य विषय बनाइएको थियो, जहाँ दुई साथीहरूबीचको घटनामार्फत “समयको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश दिइएको थियो। यी सबै सामाजिक सन्देशमूलक विज्ञापनहरूलाई दर्शकहरूले अत्यधिक रुचाएका थिए।

    शिवम् सिमेन्टले यस अभियानमार्फत केवल उत्पादनको प्रचार मात्र होइन, समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिएको छ। “‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ, व्यवहारमा पूरा गर्न त्यत्तिकै कठिन छ, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ” भन्ने प्रेरणादायी सन्देशसहित, कम्पनीले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई झन् मजबुत बनाएको जनाएको छ।

    स्थापनाकालदेखि नै केवल ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्रीमा केन्द्रित शिवम् सिमेन्टले हरेक परिस्थितिमा गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले आफ्नो “नो कम्प्रमाइजको बाचा”लाई निरन्तरता दिँदै गुणस्तरीय सिमेन्ट उत्पादन र वितरण गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar