सार्वजनिक प्रश्नहरूको जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो : ओली

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • झापा । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रश्नहरूको जवाफ दिनु लोकतन्त्रको पारदर्शिता रहेको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजो झापा–५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो ।

    चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पु¥याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन ।’

    यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू कुनै पनि प्रश्न जिज्ञासाबाट नभाग्ने दाबी गर्दै थप भनेका छन्, ‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं ।

    त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन् । कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं । प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar