सामाजिक सञ्जालको दुरुपयोग नर्गन बैंकर ज्ञवालीको कबिता मार्फत आग्रह

  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा भइरहेको ‘ट्रायल–बाइ–सोसल–मिडिया’ प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै विचारयुक्त कविता सार्वजनिक गरेका छन्। ‘फेसबुक अदालत’ शीर्षकमा उनले समाजमा प्रमाण, तथ्य र विवेकभन्दा अगाडि हल्ला, गालीग्लोज र चरित्रहत्या गर्ने गलत संस्कार बढ्दै गएको उल्लेख गरेका छन्।

    उक्त कवितामार्फत ज्ञवालीले फेसबुकलाई विचार र ज्ञान आदानप्रदानको सकारात्मक माध्यमको रूपमा उपयोग गर्नु पर्नेमा जोड दिएका छन्। तर पछिल्लो समय सत्यता पुष्टि नगरी टिप्पणी, आरोप र नकारात्मकता फैलाउने प्रवृत्तिले मानवीय संवेदना र सामाजिक सद्भावमा नकारात्मक प्रभाव परेको उनले उल्लेख गरेका छन्।

    “यहाँ प्रमाण खोजिन्न, सत्यको त झन् पर्खाइ छैन, प्रयोगकर्ता नै न्यायाधीश, विवेक त चाहिने नै हैन,” भन्दै उनले फेसबुकमा कुनै घटना वा अभिव्यक्ति आएपछि तत्काल निर्णय र न्याय सुनाउने प्रवृत्तिको आलोचना गरेका छन्।

    युवापुस्ताको सोच आक्रोश र निराशातर्फ मोडिँदै गएको उल्लेख गर्दै उनले सकारात्मक दृष्टिकोण, सत्यता र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याएका छन्। “पोस्ट गर्नु अघि एकछिन सोचौं, लेख्न अघि प्रमाण खोजौं,” भन्दै उनले सञ्जाललाई हतियार होइन, जिम्मेवार सञ्चार माध्यमको रूपमा प्रयोग गर्न अनुरोध गरेका छन्।
    समाजमा कर्मयोगीको सम्मान र गलत प्रवृत्तिको निरुत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले नकारात्मकता बढाउने सामग्रीले व्यक्तिको जीवन र मनोबलमा असार पर्ने चेतावनी दिएका छन्।

    ज्ञवालीको यो सार्वजनिक चिन्तनले सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवारी र अनुशासनबारे पुनर्विचार गर्न प्रेरित गर्ने धेरैको प्रतिक्रिया आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar