स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका नयाँ निर्देशकमा विद्या कुमार नियुक्त

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको निर्देशक पदमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, युके (प्रवर्द्धक शेयरधनी) तर्फबाट विद्या कुमार नियुक्त भएकी छन्। उनी ५ नोभेम्बर २०२५ देखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछिन्।

    विद्या कुमारले यसअघिका निर्देशक अन्कुर खुरानाको स्थान लिनेछिन्। बैंकका अनुसार, कुमार सञ्चालक समितिको सदस्यका साथै बोर्ड अडिट समितिकी अध्यक्षको भूमिकामा पनि रहनेछिन्।

    नयाँ नियुक्तिको विषयमा बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्या कुमारको अनुभव र नेतृत्वबाट बैंकको सुशासन, पारदर्शिता र नियामक अनुपालन अझ मजबुत हुनेछ भन्नेमा हामी विश्वस्त छौं।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar