स्कुल बसको ठक्करबाट बालकको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, पुस १, २०८२
  • काठमाडौं : कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३-००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत स्थानीय ८ वर्षीय गोविन्द विष्टको मृत्यु भएको हो ।

    विद्यालयबाट बिदा भएर बसमार्फत घरतर्फ ल्याइएका बालक घरदेखि करिब तीन सय मिटर टाढा पूर्व-उत्तर दिशामा बसबाट झर्ने क्रममा बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar