स्कुल बस दुर्घटना हुँदा १३ विद्यार्थी घाइते

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • काठमाडौं : धरानमा आज दिउँसो स्कुल बस दुर्घटनामा परेको छ। को१ख ७११९ नम्बरको गुडिरहेको  बस  नियन्त्रण गुमाएर सडकमै पल्टिएको हो। दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। तीव्र गति वा प्राविधिक गडबडीका कारण बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा १३ जना रहेकामध्ये विद्यार्थीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

    भेटघाटबाट धरानतर्फ आउँदै गरेको सो बस धनुषाबाट आएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घाइते विद्यार्थीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar