रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।  जिल्लाको देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ३५ वर्षीय देवबहादुर आलेको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

    देवदह नगरपालिका–६ खैरेनीस्थित घरमा विवाहको लागि झिलिमिली लाइट फिट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar