रोशी खोलाको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ

  • कालिका खवर
  • मङ्लबार, चैत्र २४, २०८२
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन् ।  वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि आज गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।

    निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने बताइएको छ ।

    बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar