रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौँ : रोल्पामा घाँस काट्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–६ थुम्काका ५७ वर्षीय भरतबहादुर घर्ती स्थानीय जंगलमा घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

    घर्ती मंसिर १४ गते साँझ साढे ५ बजेतिर लडेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते अवस्थामा उद्धार गरी स्थानीयले अस्पताल लैजाने क्रममा घर्तीको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    घटनाबारे सोमबार राति साढे ९ बजे मात्रै प्रहरीलाई स्थानीयले सूचना दिएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar