रोहित शर्माको विश्व रेकर्ड तोडियो, बाबर बने टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौं, १५ कात्तिक । पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । बाबरले भारतीय पूर्वकप्तान रोहित शर्मालाई उछिनेर इतिहास रचेका हुन् ।

    शुक्रबार लाहोरको गद्दाफी रंगशालामा भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दा बाबरले विश्व कीर्तिमान बनाएका हुन् ।

    दक्षिण अफ्रिका विरुद्धको पहिलो टी–२० मा शून्य रनमा आउट भएका बाबरलाई रोहितलाई उछिन्न केवल ९ रन चाहिएको थियो र उनले ११ रनको इनिङ्सका साथ यो उपलब्धि हासिल गरे । बाबरले १८ बल खेलेर ११ रन बनाएका थिए ।

    योसँगै टी–२० अन्तर्राष्ट्रियमा बाबरको नाममा ४,२३४ रन छ भने टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका रोहित शर्माको नाममा ४,२३१ रन छ ।

    यस्तै, तेस्रो स्थानमा विराट कोहलीको नाममा ४,१८८ रन छ ।

    पाकिस्तानका पूर्वकप्तान बाबरले अब आगामी खेलहरूमा आफ्नो रेकर्ड थप सुधार गर्नेछन् । अब रोहित र विराट कोहली दुवैले टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा बाबरलाई पछ्याउने छैनन्, किनकी रोहित र विराट दुवैले टी–२० बाट सन्यास लिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar