रमेश लेखकको बयान आयोगलाई चित्त बुझेन

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • काठमाडौं । भदौ २३–२४ को जेन–जी आन्दोलन छानबिन गरिरहेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान चित्तबुझ्दो नरहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार लेखकसँग अझै थप प्रश्न सोध्नुपर्ने भएकाले बयान प्रक्रिया जारी रहनेछ।

    आयोगका प्रवक्ता विज्ञानराज शर्माले लेखकको बयान सकिएको नभई थप स्पष्टता आवश्यक रहेको बताएका छन्। आयोग स्रोतका अनुसार लेखकले दिएका जवाफहरू एकपक्षीय र अपूरा देखिएकाले पूरक प्रश्नका लागि उनलाई फेरि बोलाइने तयारी गरिएको हो।

    आयोगले आन्दोलनको नियन्त्रण र व्यवस्थापनमा सम्बन्धित मन्त्रीको भूमिका महत्त्वपूर्ण हुने भन्दै जिम्मेवारीबाट पन्छिन नपाइने स्पष्ट पारेको छ। आवश्यक स्पष्टता नआए प्रतिवेदनमा दोषसमेत किटान हुन सक्ने संकेत आयोग स्रोतले दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar