राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन आजपाका उम्मेदवारलाई नै मतदान गर्न प्रभु साहको आग्रह

  • कालिका खवर
  • आइतवार, माघ २५, २०८२
  • रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले भ्रष्टाचारी, लुटेरा, ठगहरु विभिन्न भेषमा घुमिरहेको बताउदै त्यस्तालाई आम जनताले बहिष्कार गर्ने विश्वास व्यक्त गरेका छन् ।

    चुनावी भेटघाट एवं छलफलका क्रममा रौतहटको धरहरीमा आज आयोजित चुनावी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका हत्यारा र हाइज्याकरहरुलाई समेत बहिष्कार गर्नुपर्ने बताए ।

    ‘यो निर्वाचन नक्कली र असली बीचको प्रतिस्पर्धा हो । यहाँ कतिपय ठग, लुटेरा, भ्रष्टाचारीहरु समेत विभिन्न भेषमा आइरहेकाले त्यस्तालाई आम जनताले बहिष्कार गर्नेमा म विश्वस्त छु,’ आजपा अध्यक्ष साहले भने, ‘हालै भएको जेनजी आन्दोलनका हत्यारा र हाइज्याकरहरु समेत उम्मेदवारको रुपमा आइरहेका छन् । देश बनाउने र देश लुटने बीचको प्रतिस्पर्धा भएकाले सबैले मोवाइल छापमै मतदान गरेर राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन आवश्यक छ ।’

    मुलुकको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र गम्भिर संकटमा रहेको बताउदै उनले मुलुक बनाउन खोज्ने, नेपाल र नेपालीको समस्या समाधन गरेर मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउदै नेपालको अर्थतन्त्र जोगाउन खोज्ने आम जनता पार्टीका उम्मेदवारलाई मोवाइल छापमा मतदान गर्नुपर्ने अपिल उनले गरे ।

    नेपाल र नेपाली टाउँकोमा २८ खर्बभन्दा बढी ऋण बोकाउने, मुुलुकलाई आर्थिक संकटमा धकेल्नेहरु समेत उम्मेदवारको भेषमा जनताका बीचमा पुगिरहेकाले त्यस्ता पार्टी र उम्मेदवारलाई किन मतदान गर्ने भन्ने प्रश्न गर्न समेत उनले आग्रह गरे ।

    तराई मधेसको समस्या समाधान गर्न नचाहने, किसानको समस्या नबुझने, जसको कारण मधेस मानव विकास सूचांकमा पछाडी परेको हो त्यस्तालाई मतदान गरेर आफ्नो सन्तानको भविष्य नबिगार्न अपिल गर्दै आम नेपालीको हकहित, अधिकारका लागि संघर्ष गर्दै आएको आम जनता पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्ने आजपा अध्यक्ष साहले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar