राष्ट्र गम्भीर संकटमा छ, सबै मिलेर समाधान गरौँ : सन्तोष परियार

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताएका छन् । राष्ट्रिय  सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै परियारले देशलाई बचाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।

    ‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्‍यौँ । हामीसँग अहिले चारवटा संकट छ । पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठुलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’, उनले भने ।

    सरकार र नागरिकबिच विश्वासको संकट गरिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती राज्यको गुमेको विश्वास फर्काउने रहेको बताए । राष्ट्रिय संकट समाधानका लागि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानसहित एकता भएर लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियाले जिकिर गरे । संकटको घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा आउन उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar