राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौँ–९ बाट सिफारिस

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ।

    फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट ओलीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको राप्रपाको क्षेत्रीय कमिटीले जनाएको छ।  प्रत्यक्षतर्फ सो क्षेत्रबाट पाँच जनाको नाम सिफारिस गरिएको हो।

    ओलीसँगै प्रत्यक्षतर्फ इन्दिरा मिश्र, दिलिप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ। उनको सिफारिससम्बन्धी निर्णय अब पार्टीको केन्द्रले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar