पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

  • कालिका खवर
  • बिहिबार, मंसिर १८, २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो । पोखराको भने प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।

    यसअघि सुदूरपश्चिम रोयल्सले प्लेअफमा पुगिसकेको छ । अब थप दुई टोलीले प्लेअफमा पुग्नेछन् । आजको खेलमा काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar