पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • उदयपुर (गाइघाट), २० असोज । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् । आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् । बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन समान्य बन्दै गएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar