प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ आठौं दिन तीन खेल सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • वीरगंज – प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत आठौं दिन तीन खेल सम्पन्न भएका छन् ।

    आठौं दिनको पहिलो खेलमा बिकन माविले ज्ञानवाटिका माविलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बिकन माविले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । लक्ष्य पछ्याएको ज्ञानवाटिका मावि पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ८३ रनमै सीमित भयो । उक्त खेलको म्यान अफ द म्याच बिकन माविका सुमित राउत घोषित भए ।

    दोस्रो खेलमा डिएभी स्कूलले मस्कोट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर बलिङ रोजेको डिएभी स्कूलका सामु पहिले ब्याटिङ गरेको मस्कोट एकेडेमीले पूरा ओभरमा ५ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । जवाफमा डिएभी स्कूलले ११.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । उक्त खेलको म्यान अफ द म्याच डिएभी स्कूलका ओम कुमार द्विवेदी बने ।

    आठौं दिनको तेस्रो खेलमा ज्ञान ज्योति माविले माउण्ट एडमण्डलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर बलिङ रोजेको ज्ञान ज्योतिका अगाडि पहिले ब्याटिङ गरेको माउण्ट एडमण्डले पूरा ओभरमा ८ विकेटको नोक्सानीमा ८२ रनको लक्ष्य खडा गरेको थियो । ज्ञान ज्योति माविले उक्त लक्ष्य केवल २ विकेट गुमाउँदै ११.५ ओभरमै पूरा गर्‍यो । यस खेलको म्यान अफ द म्याच ज्ञान ज्योति माविका प्रकाश यादव घोषित भए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar