प्रतिनिधि सभा निर्वाचनका लागि आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन्।

    कैलाली ५ मा आरजुसहित ४ जनाको नाम सिफारिस भएको हो भने बर्दियामा उनीसहित १० जनाको नाम सिफारिस भएको हो। बर्दिया २ मा सहमहामन्त्री किशोरसिंह राठौरको नाम पहिलो नम्बरमा र दोस्रो नम्बरमा आरजुको नाम सिफारिस भएको हो। आरजु कैलाली ५ बाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ सालमा पनि यही क्षेत्रमा चुनाव लडेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar