एलआरआर मोटर्सले नेपाल भित्र्यायो लक्जरी चिनियाँ ईभी ‘स्काईवेल बीई११’

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले स्काईवेलको बीई११ विद्युतीय एसयूभी नेपाल ल्याएको हो।

    कम्पनीले बीई११ का दुई भेरियन्ट नेपाल ल्याएको जनाएको छ। यी दुवै भेरियन्टलाई भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ। नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच१९’ मा रहनेछ।

    सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल्सप्रेमीको उपस्थितिमा नेपालमा स्काईवेल ब्रान्डको लोगो औपचारिक रूपमा अनावरण गरेका छन्।

    कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकसहितको बीई११ ले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिनेछ। त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री भएको अर्को भेरियन्टले एकपटकको चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

    बीई११ का दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर रहेको यस ईभीले फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ। कम्पनीका अनुसार डीसी फास्ट चार्जरबाट चार्ज गर्दा करिब ३५ मिनेटमै ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    लक्जरी एसयूभीका रूपमा प्रस्तुत गरिएको बीई११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो केबिन तथा आधुनिक बडी डिजाइनलगायतका विशेषता छन्। १९८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको बीई११ नेपाली सडक तथा विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

    पाँच सिट क्षमताको बीई११ को मूल्य र वारेन्टीसम्बन्धी विवरण भने औपचारिक सार्वजनिक कार्यक्रममा घोषणा गरिने एलआरआर मोटर्सले जनाएको छ। कम्पनीले नेपाली बजारमा बीई११ लाई प्रतिस्पर्धी तथा आक्रामक मूल्यमा सार्वजनिक गर्ने जनाएको छ।

    नाडा अटो शो २०२६ मा स्काईवेल बीई११ लाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar