हाम्रो सरकार बनेदेखि जनतामा विश्वास घट्दै गइरहेको छ : अमरेशकुमार सिंह

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाको सरकार बनेपछि जनतामा विश्वास घट्दै गइरहेको बताएका छन् ।

    आजको प्रतिनिधिसभा बैठकमा बोल्र्द उनले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका हुन् ।

    उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar