प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार संस्थापक सेयर बिक्रीमा

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहअन्तर्गत रहेको उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो ।

    कम्पनीका अनुसार बिक्रीमा राखिएको सेयरमा प्रारम्भिक चरणमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवश्यक प्रक्रिया पूरा गरी आवेदन बुझाउनुपर्नेछ ।

    निर्धारित अवधिभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

    संस्थापक सेयर खरिदसम्बन्धी थप जानकारी तथा आवश्यक विवरणका लागि इच्छुक लगानीकर्ताले काठमाडौंको तीनकुनेस्थित प्रोग्रेशिभ फाइनान्सको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

    कम्पनीले प्रचलित कानुनी व्यवस्था तथा नियामकीय प्रावधानअनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

    facebook sharing button
    twitter sharing button

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar