प्रियांस पन्चलको अर्धशतकमा कर्णाली याक्सले चितवनलाई १६७ रनको लक्ष्य दियो

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौँ । प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेल्दा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो । कर्णालीका लागि पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे ।

    त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे । कर्णालीका लागि मार्क उडले १७ रन जोडे ।  चितवनका शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।

    गत सिजन दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली यो सिजन जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यता इलिमिनेटरबाट आउट भएको चितवनको लक्ष्य पनि सोही हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar